मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

0
46

झापा ।

झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

कमल–५ सावित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ८९१४ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दै गरेको कुकुरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–२ का२६ वर्षीय पदमबहादुर पौडेल र पछाडी सवार सोही ठाउँका ४० वर्षीय नबिन आचार्य घाइते भएका थिए । घाइते दुवैलाई दमकस्थित निम्स अस्पताल लगिएको थियो ।

थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको र आचार्यको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here