नगरस्तरीय खुल्ला कविता प्रतियोगिताको उपाधि लोक सागर साम्बालाई

0
2

पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरस्तरीय खुल्ला कविता प्रतियोगितामा लोक सागर साम्बाले प्रथम स्थान हासिल गरेका छन् भने रेडस्टार मा.वि.की छात्रा प्रसुना तिम्सिनाले द्धितीय स्थान हासिल गरेकी छिन्।

त्यसैगरी , लाजिमा सुन्दास तेस्रो र पवित्रा खनाल सान्त्वना भएका छन् । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूलाई क्रमशः १५ हजार, १० हजार , रु.५, हजार र २, हजार तथा प्रमाण पत्रले सम्मानित गरिएको हो ।

कला साहित्य प्रवर्धन समितिले आयोजना गरेको सो प्रतियोगितामा समितिले पथरीशनिश्चरे नगरकै पहिलो मुर्तिकार श्री कृष्ण भक्त गजमेरलाई दोसल्ला,सम्मानपत्र सहित नगद २५ हजारले सम्मान गरेको हो ।

यस प्रतियोगिताको पहिलो चरणमा असार ८ गते २२ जना प्रतियोगी मध्यें १० जना छानिएका थिए । उक्त १० प्रतियोगीहरूले आज कवितावाचन गरिसकेपछि टप ४ प्रतिष्पर्धी छानिएको थियो । टप ४ प्रतिस्पर्धीहरूले ‘झरीसंग प्रेम’ शीर्षकमा ३० मिनेटभित्रै कविता लेखेर वाचन गरेका थिए ।

उक्त दोस्राे चरणका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना छानिएका थिए । आजको कार्यक्रममा जीवन बरालद्वारा निर्देशित ‘ स्कूल’ नाटक प्रदर्शन सहित विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रम एभरेष्ट आवसीय माध्यमिक विद्यालयको कार्यक्रम हलमा भएको थियो । प्रमुख अतिथिका रुपमा पूर्व नगर प्रमुख दिलिप कुमार राई, वडा नं ८ का अध्यक्ष नवीनजंग कार्की , वडा नं २ का अध्यक्ष नैना राई लगायतकाे उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here