अर्जुनधारा–७ नं. वडा कार्यालयद्वारा अरुणोदयका विद्यार्थीलाई पोशाक वितरण

0
20

अर्जुनधारा।

झापाको अर्जुनधारा–७ नं. वडा कार्यालयले स्थानीय अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमकोबिच विद्यालय पोशाक वितरण गरेको छ ।

पोशाकका कारण कोही पनि विद्यार्थी विद्यालय आउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडा समितिको निर्णय अनुसार कार्यालयले उनीहरुलाई पोशाक वितरण गरेको वडाध्यक्ष गोविन्द खतिवडाले बताए ।

वडास्तरिय योजना शैक्षिक गुणस्तर सुधार कार्यक्रम र कार्यालय सञ्चालनबाट बचत भएको संयुक्त रकमलाई जोडेर केही ठोस कार्य सम्पन्न गर्न आफूहरुले विद्यालय पोशाक वितरण कार्यक्रमलाई छनौट गरेको वडाध्यक्ष खतिवडाले जानकारी दिए ।

नियमित विद्यालय आउने जम्मा ९२ जना विद्यार्थीमध्ये पहिलो चरणमा २३ जनालाई पोशाक वितरण गरिएको छ । “हामी केही दिनभित्र बाँकी रहेका विद्यार्थीलाई पनि पोशाक वितरण गर्नेछौं ।” –उनले थप आफ्नो भनाइ राखे ।

विद्यालयकी प्रधानाध्यापक उमादेवी खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खतिवडा, वडा सदस्यहरु जानुका विश्वकर्मा, पार्वतादेवी न्यौपाने र हरिबहादुर कटुवालले विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका थिए ।

वडाध्यक्ष खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन वडा सदस्य कटुवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here