कञ्चनश्री नामक सुजीमा अखाद्य वस्तु मिसावट

0
9

बिर्तामोड ।

झापाको बिर्तामोडमा प्याकेजिङ्ग गरिएको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको छ ।

बिर्तामोडस्थित देवी पाथीभरा प्याकेजिङ्ग उद्योगले प्याकेजिङ्ग गरेर बजारमा पु¥याएको ‘कञ्चनश्री’ नामक् ब्राण्डको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको हो ।

बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित इलामेली होटल एण्ड खाजा घरमा कञ्चनश्री नामक् ब्राण्डको सुजी खानलाई पकाउदा अखाद्य वस्तु मिसावट भएको पाइएको हो ।

‘छोरीलाई स्कुलमा खाजा बनाईदिन भनेर सुजी बनाएको थिए । पानी हालेको १० मिनेटपछि सुजी त प्लाष्टिक मिसिएकोजस्तो लामो लेदो बन्यो’ होटल एण्ड खाजा घरका सञ्चालक टंक कट्टेलले भने । उनले आइतबार स्थानीय किराना पसलबाट उक्त सुजीको प्याकेट किनेर ल्याएका थिए ।

‘केटाकेटीलाई खाजा राम्रो हुन्छ भनेर ल्याएको सुजीमा प्लाष्टिकको लेदो देख्दा हामी छक्क परेका छौं’ कट्टेलले भने,‘यस्तो अखाद्य वस्तु मिसावट गर्ने उद्योगलाई सम्बन्धित निकायले तत्काल अनुगमन गरेर कारबाही गर्न जरुरी छ ।’ कम्पनीले भने कञ्चनश्री ब्राण्डको सुजी उद्योगको उत्कृष्ट उत्पादन भएको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here