इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट भट्टराई गए मोक्तान आए

0
21

झापा ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखमा प्रहरी नायब निरीक्षक किरण मोक्तान आएका छन् ।

प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण भट्टराईको सरुवा भएसंर्ग मोक्तानले जिम्मेवारी सम्हालेका हुन् ।

प्रहरी प्रमुख मोक्तानले आफ्नो कार्यकालमा सबैको साथ र सहयोगबाटै शान्ति सुरक्षामा खटिने भन्दै नागरिक प्रहरी साझेदारीमा लागूऔषध, चोरीडकैती लगायातका गतिविधिहरु नियन्त्रणमा लागि पर्ने बताए ।

सुरुङ्गाबाट बिदाई भएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्टराईको आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफु जहाँ रहेपनि सुरुङ्गबासीको साथमा रहने भन्दै आफ्नो कार्यकाल रचनात्मक बनाउन सहयोग गर्ने सबै संघ–संस्था, राजनीतिक दल, उद्योगी, ब्यवसायी लगायत सबैलाई आफुले सम्झिरहने उल्लेख गरे ।

भट्टराईले सुरुङ्गाको नेतृत्व सम्हाल्दा लागूऔषध विरुद्ध विशेष अभियान नै सञ्चालन गरेका थिए भने र्दुघटना न्यूनिकरणका क्षेत्रमा पनि विभिन्न सचेतना मुलक कार्यक्रमहरु गरेका थिए ।

अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई विभिन्न संघ–संस्थाहरुले सम्मानसहित विदाई समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here