विभिन्न समिति र उपसमिति गठन गर्दै जुकेखाडीको कार्यसम्पादन भेला सम्पन्न

0
191

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको सोमबार सम्पन्न कार्यसम्पादन भेलाबाट विभिन्न समिति र उपसमिति गठन भएको छ ।

समूह अन्र्तगत रहेको कैदले पर्यापर्यटन क्षेत्रको सभाहलमा समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईको प्रमुख आतिथ्यमा आयोजित उक्त भेलाबाट सल्लाहकार समिति, लेखा समिति र विधान पुर्नलेखन उपसमिति गठन भएको हो ।

जसअनुसार सल्लाहकार समितिका सदस्यहरुमा कपिलमणि मिश्र, जयनारायण आचार्य, झरिन्द्रकुमार खड्का, देवेन्द्र मैनाली, पूण्यप्रसाद शिवाकोटी, सञ्चरानी इङनाम र हुमा पोख्रेल रहेका छन् ।

त्यसैगरी लेखा समितिमा अर्जुन निरौला, इशान पौडेल, कमल बुढाथोकी, टीकामाया गुरुङ र हरिबहादुर वाग्ले रहेका छन् । त्यस्तै विधान पुर्नलेखन उपसमितिमा ख्याम सुब्बा, जीवकुमार भण्डारी, दिव्यप्रसाद कट्टेल, पिताम्बर भट्टराई, लोकनाथ खतिवडा, विदुर भट्टराई र सुरेन्द्र कार्की रहेका छन् ।

कार्यक्रममा एकीकृत समाजवादी झापाका सदस्य जयनारायण आचार्य, नेकपा एमाले वडाका अध्यक्ष युवराज चापागाईं, माओवादी केन्द्र वडाका अध्यक्ष याम मगर, निवर्तमान वडाध्यक्ष जीवकुमार भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष भानुभक्त श्रेष्ठ, समूहका निवर्तमान अध्यक्ष झरिन्द्रकुमार खड्का, पूर्व अध्यक्ष दिव्यप्रसाद कट्टेललगायतले मन्तव्य राखेका थिए ।
समूहका उपाध्यक्ष लक्ष्मीराम शर्माले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उर्मिला कटुवालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here