अर्जुनधारा–७ नं. वडा कार्यालयको आयोजनामा उद्घोषण तालिम शुरु

0
4

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ नं. वडा कार्यालयको आयोजनामा सोमबारदेखि सात दिने उद्घोषण तालिम शुरु भएको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१को वडास्तरिय लक्षित कार्यक्रमअन्र्तगत वडाका विभिन्न संघसंस्थामा आबद्ध महिलाहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले बताए ।

वडा कार्यालयको सभाहलमा सञ्चालन हुने उक्त तालिमको कार्यक्रमका अध्यक्ष एवम् वडाध्यक्ष खतिवडाले उद्घाटन गरेका थिए । पत्रकार अमित खम्बूले सहजिकरण गर्ने तालिममा ३० जनाको सहभागिता रहेको वडा सचिव सस्मिता लुँइटेलले जानकारी दिइन् ।

गत असार ३ गतेबाट शुरु हुने भनिएको उक्त तालिम विविध कारणवश पछि सञ्चालन गर्नुपरेको वडाध्यक्ष खतिवडाले जानकारी दिए । अर्जुनधारा नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य रमेशकुमार दर्जी, योग अभियन्ता महानन्द गौतमलगायतले मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन वडा सदस्य हरिबहादुर कटुवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here