मध्यरातमा ओली र देउवाबीच सहमति:राष्ट्रिय सहमतिको सरकार,आलोपालो प्रधानमन्त्री

0
14

काठमाडौं,

दुई ठूला दल एमाले र कांग्रेसले ‘राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन्। लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई नेताले संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। कांग्रेसका एक नेताका अनुसार पहिलो चरणमा डेढ वर्ष एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन्। दोस्रो चरणमापछि कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्नेछन्।

शुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछन्। यससँगै प्रदेश सरकारमा पनि भागवण्डा हुनेछ।

दुई नेताबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि बनेको छ। आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने उनीहरूले बताएका छन्।

राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने तयारी छ। सोमबार ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरूले लिखित सहमतिको मस्यौदा तयार पारेका थिए।

एमालेले का‌ग्रेससँग सहमतीय सरकारको सहमति गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ। एमालेले सरकार छाडेर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्नेछ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले ढुक्क हुँदै बाहिर चलेका विषय हल्ला मात्रै भएको प्रतिक्रिया दिएका थिए। उनले एमाले–माओवादी गठबन्धनको सरकार लामो समय जाने बताएका थिए।-थाहाखबरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here