विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति

0
8

झापा,

विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र रु १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताउनुभयो ।

हावाहुरीबाट रु दुई करोड ७६ लाख ४० हजार, बाढीबाट रु एक करोड ५० लाख, आगलागीबाट रु नौ करोड ८३ लाख ६ सय र चट्याङले रु आठ लाख ४४ हजार तीन सय बराबरको भौतिक क्षति भएको छ ।

त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीनजना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here