पथरीशनिश्चरेका दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत

0
3

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकामा एक अग्रज पत्रकार सम्मानित, एक क्रियाशिल पत्रकार तथा सञ्चारमाध्यम पुरस्कृत भएका छन्।

आज बिहीबार पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित एक समारोहबीच अग्रज पत्रकार सम्मानबाट पूर्व नगरका सूचना संयोजक भुपेन्द्रराज तिमल्सिना , एक क्रियाशील पत्रकार पुरस्कारबाट भूमि प्रसाद पाठक र एक सञ्चारमाध्यम पुरस्कारबाट “पहिलो अनलाईन” पुरस्कृत भएका हुन्।

आर्थिक वर्ष २०८०/०८१ को मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे नगरपालिकाले उनीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवं प्रवक्ता नविन कार्कीको अध्यक्षतामा भएको सो समारोहका प्रमुख अतिथि नगरप्रमुख मोहनप्रसाद तुम्वापोले नगरका राम्रा र सुझाव दिँदै आलोचनात्मक कलम चलाउने आग्रह गर्नुहुँदै यस वर्ष पत्रकारिता क्षेत्रको समग्र विकासका लागि सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो।

सोहि अवसरमा नगरप्रमुख तुम्बापो, नगरप्रवक्ता नवीन कार्की, वडा नम्बर ०१ का वडाध्यक्ष भीम कुमार राई, सहितले नगरका पूर्व सूचना सम्पादक वडा नं. १० निवासी भूपेन्द्र तिम्सिनालाई नगद रु. २५ हजार, मुहारचित्र सहित सम्मान गर्नुभएको थियो।

यसैगरी वडा नं. ४ का सञ्चारकर्मी भूमिप्रसाद पाठकलाई नगद १५ हजार सहित क्रियाशील पत्रकार पुरस्कार र वडा नं. ४ कै सञ्चारमाध्यम ‘पहिलो अनलाईन’लाई नगद रु. २५ हजार सहित प्रशंसा पत्र वितरण गरिएको थियो ।

सोहि क्रममा सम्मान ग्रहण गर्दै अग्रज पत्रकार भूपेन्द्र तिम्सिना र नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले नगरको सञ्चार क्षेत्रको विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

सो अवसरमा वडा नं. १ का अध्यक्ष भीम राई, आर्थिक प्रशासन प्रमुख पिताम्वर वस्ती, कार्यपालिका सदस्य मिना तामाङ र नगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यस्तै , नगरका १२ जना पत्रकारहरुलाई लेखनवृत्ति वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here