रोटरी क्लबद्वारा ह्वील चियर वितरण

0
2

बिर्तामोड । 

रोटरी क्लब अफ काष्ठमण्डपले बिर्तामोड-९ का तीन जनालाई ह्वील चियर वितरण गरेको छ।

अन्तर्राष्ट्रिय झापाली समाजको पहलमा रोटरी क्लब अफ काष्ठमण्डपले बिर्तामोड – ९ का ९० वर्षीया बोमादेवी अधिकारी, ७६ वर्षीया हिमा श्रेष्ठ र ७ वर्षीय उत्सव श्रेष्ठलाई ह्वील चियर प्रदान गरेेेको हो।

स्थानीय पञ्चकन्या टोलस्थित पञ्चकन्या मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य अशोक शर्मा र अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले संयुक्तरूपमा उनीहरुलाई ह्वील चियर हस्तान्तरण गरेका थिए।

पञ्चकन्या कीर्तन मण्डलीका अध्यक्ष तुलसीराम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, झापाली समाजका अध्यक्ष ढुंगाना, रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य शर्मा, बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य संगीता सिवालगायतले बोलेका थिए।

समाजसेवी प्रकाश बुढाथोकीले स्वागत गरेको कार्यक्रममा वडा सदस्य सल्पना राजबंशी, झापाली समाज युएईका मनोज पौडेल, दुर्गा सिग्देल, महिला अधिकारकर्मी दुर्गा आचार्य, योगदान राष्ट्रको लागि झापा सदस्य तुलसी पाठक, सामाजिक व्यक्तित्व यज्ञराज श्रेष्ठ,वेदनिधि नेपाललगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय झापाली समाजका बिर्तामोड संयोजक प्रदीपकुमार संग्रौलाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here