अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न ६ जना पक्राउ

0
2

विराटनगर ।

मोरङको बिराटनगर महानगरपालिका–१५ बाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका–११ का २२ बर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० बर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ बर्षीय रन्जितकुमार यादव, बिराटनगर–१६ का ३० बर्षीय जनार्दन यादव, २६ बर्षीय सिकिन्दर यादव र सप्तरी नर्घो घर भई विराटनगर १५ मा बस्दै आएका ३३ बर्षीय सञ्जिवकुमार मण्डल रहेका छन् ।

विराटनगर–१५ मा रहेको सोहिता कर्णको घरको दोस्रो तलामा चार वटा कोठा भाडामा लिएर अभौतिक मुद्राको कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले घर कोठा खानतलासी गर्दा १६ थान मोबाइल, बिभिन्न बैंकका ४४ थान एटिएम, भारतीय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १९ थान, विभिन्न बैकको चेक २८ थान, बिभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाईकल तीन थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट एक थान र नगद एक हजार ६ सय रुपैँयासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here