लागूऔषधसहित पाँच जना पक्राउ

0
2

विराटनगर ।

झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका– ४ मा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दमक–४का २३ बर्षीय एलिन दर्नाललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट दुई ग्राम ४७०मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

उता प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले हल्दिबारी–२ बाट को ५प ८४३९ नम्बरको मोटरसाईकल चालक २९बर्षीय दिपक राजबंशीलाई तीन सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।

उता सुनसरीको अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान–१३का २१ बर्षीय दिपेश जैसवाल र धरान–१५ का १९ बर्षीय किसान क्षेत्रीलाई ट्रामानिल २३ क्याप्सुल र नगद २८ हजार चार सय रुपैँयासहित पक्राउ गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले कटहरी–१ का २२बर्षीय सुरज मुखियालाई सात मिलिग्राम ब्राउन सगुरसहित पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here