सुरुङ्गा ।
रोटरी तथा रोट¥याक्ट क्लब अफ सुरूङ्गाले कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव २०८० को समीक्षात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।
२०८० साल फागुन १४, १५ र १६ गते कनकाई नगरपालिका–३ सुरूङ्गामा रोटरी क्लव अफ सुरूङ्गाले रोट¥याक्ट क्लब अफ सुरूङ्गासहितको सहकर्ममा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न गरेको थियो ।
६ वर्ष पहिले स्थापना भएको रोटरी क्लब अफ सुरूङ्गाले निर्देशित विविध कार्ययोजनाहरू सफलतापूर्वक सम्पन्न गरेर रोटरी अभियानलाई आफ्नो कर्मक्षेत्र सुरूङ्गामा स्थापित गरिरहेको छ ।
आफ्नो क्षेत्रमा रचनात्मक र मौलिक ढब्गले सम्पादन गर्दै आफ्नो क्लबको सार्वजनिक प्रतिष्ठालाई कला, संस्कृति र साहित्यको क्षेत्रमा समेत विस्तार गर्न उक्त महोत्सव आयोजना गरिएको थियो ।
उक्त महोत्सवमा तालिम, प्रशिक्षण तथा कार्यशाला, शान्ति तथा सामाजिक सद्भाव सम्बन्धि कार्यक्रम, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन र कला प्रदर्शनी, साहित्य गोष्ठी, नयाँ साहित्य सर्जकलाई प्रोत्साहन लगायतका उपलब्धिमूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको समीक्षात्मक कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गा (२०२३/२०२४) का अध्यक्ष शिवकुमार कडेँलले जानकारी दिए ।
सो महोत्सवमा कनकाई नगरमा रहेका ३० भन्दा बढी शैक्षिक संस्थाका ३०० भन्दा बढी विद्यार्थीहरूलाई कविता लेखन प्रशिक्षण र कार्यशाला सम्पन्न गरियो । कार्यशाला अवधिमै विद्यार्थीहरूले आफ्ना मौलिक रचनाहरू निर्माण गरेर प्रस्तुत गरेका थिए । त्यसै गरी भाषा शिक्षक तथा स्नातक वा स्नातकोत्तर तहमा भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।
जसमा ४० भन्दा बढी शिक्षक विद्यार्थीको सहभागिता थियो । छन्द कविता सस्वर वाचन प्रशिक्षण र प्रयोगात्मक अभ्यासमा ९० भन्दा बढी बालबालिका लाभान्वित भ एका थिए ।
उक्त महोत्सवमा कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल, गायक शिशिर योगी,स्थानीय कलाकार ओम कडेल, कला सर्जकहरू हिम्मत बहादुर नेम्वाब र पवन राजवंशी, कविहरू तुलसी दिवस , कुन्ता शर्मा, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्सी, देवी नेपाल, लक्ष्मण गाम्नागे, मनु मञ्जिल , हरिमाया भेट्वाल ,सुमन स्मारिका, कोमलप्रसाद पोखरेलले प्रस्तुति राखेका थिए । सो अवसरमा कनकाई नगरका नवयुवा साहित्यकार श्री वासु मण्डलद्वारा लिखित ध्रुवसत्य उपन्यासको विमोचन गरिएको थियो ।
समीक्षात्मक कार्यक्रममा सो महोत्सवको आम्दानी–खर्चको विवरण सार्वजनिक गरिएको थियो । रोटरी डिस्ट्रिक्ट ३२९२ बाट रू २ लाख, रोटरियनहरूबाट रू १ लाख ३० हजार, स्थानीय सरकार, बैंक, वित्तीय संस्था, संघसंस्थाबाट रू ६ लाख १७ हजार, व्यापारी व्यवसायीबाट सहयोग रू १ लाख, व्यावसायिक स्टलहरूबाट रु. ६० हजार र व्यक्तिगत सहयोग बाट रू १ लाख ५० हजार २ सय गरी जम्मा आम्दानी १२ लाख ५७ हजार २ सय रुपैयाँ भएको थियो ।
खर्चतर्फ प्रचारप्रसार तथा प्रकाशनमा रू १ लाख ३८ हजार ६ सय, तलब भत्तामा रू ३६ हजार, कार्यक्रमस्थल व्यवस्थापन रू ४ लाख ९४ हजार १ सय ६२, अतिथि कलाकार, साहित्यकार स्वागत सत्कार रू ४ लाख ७८ हजार ७ सय ३०, टिडिएस्वापत रू १३ हजार ४ सय ६६ र विविधमा रू १९ हजार ४ सय ५० खर्च भएको थियो भने बचत रकम रू ७६ हजार ७ सय ९२ रोटरी क्लब अफ सुरूङ्गालाई हस्तान्तरण गरिएको सो महोत्सवका संयोजक एवम् समीक्षा कार्यक्रमका अध्यक्ष अखिलकुमार कोइरालाले जानकारी दिए ।
सो कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गा २०२४/०२५ का अध्यक्ष लुबराज उप्रेती, प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनाली, पूर्व अध्यक्षहरु टीकाप्रसाद जमरकट्टेल, कुमारमणि पोखरेल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रोटरिएन सोमनाथ उप्रेतीले गरेका थिए ।