‘प्रदेशका संरचना जनताले अनुभूति गर्ने किमिसको बनाइने’

0
203
मोरङ,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तीन वर्षभित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश उत्कृष्ट महिला उद्यमी तथा महिला लघु उद्यमी पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले प्रदेशमा उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई एक ठाउँबाट सम्पूर्ण सेवा उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस क्षेत्रमा सञ्चालित घरेलु तथा लघु उद्योगलाई औद्योगीकरण, विस्तार र बजारीकरण गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उहाँले विराटनगरमा कोसेली घर र औद्योगिक प्रदर्शन कक्ष निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरेको र त्यसका लागि जग्गा उपलब्ध गराउन उद्योगीलाई आग्रह गर्नुभयो । महिलालाई उद्योगप्रति आकर्षित गर्न महिला घरेलु उद्यमी पुरस्कारको राशि वृद्धि गर्नुका साथै जिल्लास्तरमा पुरस्कार प्राप्त गर्नेको सङ्ख्या थप गरिने उहाँको भनाइ छ ।
उत्कृष्ट महिला उद्यमी तथा महिला लघु उद्यमी पुरस्कार १४ जिल्लाका एक÷एक महिला उद्यमीलाई नगद रु ५० हजारका दरले वितरण गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा पासाङल्हामु तामाङ (सोलुखम्बू), सरस्वती सुब्बा (मोरङ), निर्मला खतिवडा ढुङ्गेल (सुनसरी), हेमकुमारी सार्की (उदयपुर), मनकला राई (सङ्खुवासभा), विमला केरुङ (तेह्रथुम), रामकुमारी बस्नेत (ओखलढुङ्गा), निर्मला श्रेष्ठ (भोजपुर), लक्की सुजी (पाँचथर), सानुमाया लिम्बू (ताप्लेजुङ), डोरश्वरी राई (धनकुटा), उषा खत्री (खोटाङ), रमिला राई (इलाम) र भूमिका देवी दाहाल पोखरेल (झापा) हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here