आत्मनिर्भर बन्न साबुन, हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम

0
2

सुन्दरहरैचा(मोरङ),

सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर सनुसरीको बर्जुमा साबुन, हर्पिक र फिनेल बनाउने प्रयोगात्मक सीपमूलक तालिम दिईएको छ।

स्थानीय समुदायहरु बेरोजगारी भई बसिरहेको अवस्थामा उनीहरुमा सिप विकास गरी आय आर्जनमा व्यवस्थापन गर्नको लागि साबुन, हर्पिक फिनेल बनाउने तालिम बर्जु गाउँपालिकामा सम्पन्न भएको छ।

सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर बर्जु गाउँपालिका महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम दिईएको आयोजक संस्था एराईज नेपाल सोसाइटीका अध्यक्ष पार्वती गच्छदारले जानकारी दिईन्।

बेरोजगारी महिला तथा पुरुषहरुलाई सिप क्षमता विकास गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष गच्छदारले बताईन। सो पालिकाका १५ जना सहभागीले तालिममा साबुन, फिनेल र हर्पिक बनाउने सिप सिकेका सिकेको उनले बताईन्।

बर्जु गाउँपालिका उपाध्यक्ष नितु चौधरीले परम्परागत तालिम भन्दा यस खाले तालिमले नयाँ पन ल्याएको बताउदै तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई पालिकाले सहयोग गर्ने बताईन्।

विशेष गरी महिलाहरूको समय खेर गइरहेको र फुर्सदको समय पनि सदुपयोग हुने भएकोले तालिम प्रभावकारी भएको तालिममा सहभागी अंकिता श्रेठले बताईन् । कतिप युवाहरु सिजनल काम बाहेक अन्य काम नपाउँदा बेरोजगार भएर बस्नु परेको अवस्थामा तालिम फलदायी भएको सहभागीहरुले बताएका छन् ।

यस्तो अवस्थामा प्राकृतिक साबुन घरायसी प्रयोग र उद्यमको रूपमा धेरै उत्पादन गर्न सके बजारीकरण गरी राम्रो आम्दानी गर्न सकिन्छ ।’त्यसो त नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । सरसफाइमा पर्ने महत्त्वपूर्ण शौचालय पनि हो ।

यी सामग्री पनि गाउँघरमै उत्पादन गरेर आम्दानी गर्न सकिने सोचले तालिम आयोजना गरिएको अध्यक्ष गच्छदारको भनाइ छ । बर्जु गाउँपालिकाको सहकार्यमा संचालन भएको सो तालिममा सहभागीलाई अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा लाग्नुपर्ने जोड दिईन । तालिमको सहजीकरण निर्मला चौहान भण्डारीले गरेकी थिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here