दन्त्य कथा जस्तै उसको विगत

0
15

‘समाज परिवर्तनका लागि अभियान’ एउटा साझेदारी संस्था थियो । उक्त संस्थाको बैठक आज बस्दैछ । समीरको काठमाडौंको गमन र अलखानन्दनको कार्यक्रममा प्रवेश भएपछिको पहिलो बैठक थियो । समीर बाहेक बैठकमा सबैको उपस्थिति छ । बैठक औपचारिक एजेण्डामा प्रस्तुत गर्नु अघि समीरका विषयमा समान्य कुराकानी हुन्छ । यसैबीचमा समीरले शहर र गाउँको बीचमा भएका फरक प्रकृतिका सभ्यता र संस्कृतिका बारेमा संस्थालाई पठाएका पत्रको बारेमा सम्भावनाले संक्षेपमा उपस्थित समूहका साथीहरुका बीचमा प्रस्तुत गरिन् । यसैगरी हाल संस्थागत रुपमा भए गरेका कार्यका समीक्षाका साथै सामाजिक पक्षमा सुधार गर्न सञ्चालन गरिएका अभियान र अभियानले पारेको प्रभावका बारेमा संक्षेपमा कुराकानी हुन्छ ।

आजको पहिलो प्रस्ताव भनेको अलखेलाई अलखनन्दन पुजारीको नामबाट सक्रिय सदस्यता प्रदान गर्ने र कार्य समितिको सदस्यका रुपमा छनौट गर्ने प्रस्ताव सचिवले प्रस्तुत गर्दछन् । यस प्रस्तावमा सबैको एकमत भएकाले पारित हुन्छ । अलखनन्दनलाई कार्यसमितिको सदस्यता प्रदान गरिन्छ । बैठकमा हरिशंकरको पनि उपस्थिति थियो । दोस्रो प्रस्तावमा हरिशंकरलाई सल्लाहकारमा चयन गर्ने थियो । यो प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित गरियो । अलखानन्दन र हरिशंकर दुबै जनालाई संस्थाको तर्पmबाट स्वागत गर्ने कुरा समेत उल्लेख गरी माइन्यूटमा अभिलेखिकरण गर्ने कार्य गरियो । अलखनन्दन र हरिशंकरले पनि सदस्य र सल्लाहकारको पदमा बसी समाजको सेवा गर्ने अवसर प्रदान गरिएकोमा सिंगो संस्था र संस्थामा कार्यरत सबैलाई धन्यवाद दिए । साथै संस्थामा रहेर रचनात्मक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । सम्भावनाले यिनै दुईवटा प्रस्तावमा आजको बैठक टुंगिएको घोषणा गरिन् । फेरि भोलि बसौं भनेर । सबै उठे । आ–आफ्नो गन्तव्यतर्फ लागे ।

भोलिपल्ट तोकिएकै समयमा बैठक बस्यो । हिजो छलफलका गर्न बाँकी रहेका एजेण्डा क्रमशः प्रस्तुत भए । यसपछि तेस्रो प्रस्तावका रुपमा संस्थागत रुपमा भए÷गरेका कार्यको समीक्षा गर्नका लागि छलफल अगाडि बढाइयो । यसका लागि सचिवले संस्थाको कार्य प्रगति र कार्यक्रम सञ्चालनको क्रममा देखा परेका समस्या र चुनौतिका विषयमा आ–आफ्ना कुरा राख्ने अवसर दिए । सबैले आ–आफ्नो धाराणा राखे । यसपछि कोषाध्यक्षलाई आयआर्जन र खर्चका बारेमा प्रतिवेदन पेश गर्न लगाइयो । विशेषगरी यी एजेण्डाहरु एक महिनापछि हुन गइरहेको संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि तयार गरिएका थिए । सचिवबाट प्रस्तुत भएको संस्थाको प्रतिवेदन माथिको छलफलका क्रममा आएका कुराहरुलाई अलखानन्दनको तर्फबाट सारगर्भित सुझाव प्रस्तुत भए । संस्थाको वार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिवेदनलाई केन्द्रविन्दुमा राख्दै मुख्य गरेर उनले विकास र सुधारका बीचमा भएको फरकलाई स्पष्ट पार्ने कार्य गरे ।

अलखनन्दनले विकास र सुधारका बीचमा भएको फरकलाई यस प्रकार त्तयाख्या गरेका थिए । विकास भनेको परिवर्तन हो । विकास क्रमिक रुपमा वा चरणबद्धरुपमा हुन्छन् । एकपछि अर्को चरणका साथमा विकास हुँदै जान्छ । विकासका निश्चित नियम हुन्छन्, सिद्धान्त हुन्छन् । जसले आप्mनो गतिमा, जहिले पनि नयाँ–नयाँ कुराको सिर्जना गर्दै जान्छ । विकासको मुख्य लक्ष्य भनेको परिवर्तन गर्नु हो । परिवर्तन विशेषगरी भौतिक पक्षसँग सम्बन्धित हुन्छ । त्यही परिवर्तनलाई ब्याख्या, विश्लेषण वा आँकलन गरेर गाउँ, समाज र राष्ट्र समक्ष प्रस्तुत गरिन्छ । जसले गाउँ, समाज र राष्ट्रका पूर्वाधार समेत खडा गर्दै जान्छ । अन्ततगत्वा परिवर्तनका नयाँ–नयाँ स्वरुपलाई विकासको मुख्य आधार मान्दै लक्ष्यमा पुग्ने मार्गका रुपमा विकासलाई मानिन्छ ।

सुधार भनेको भइरहेका कार्यको अवस्थालाई अझ परिस्कृत र राम्रो बनाउने हो । सुधारमा विशेषगरी सम्पन्न हुँदै गरेका कार्यक्रमका सबल र दुर्बल पक्षहरुलाई केलाउने गरिन्छ । सुधारका लागि सुझावहरु प्रस्तुत गरिन्छ । सुझावका रुपमा सूचीहरु निर्माण गरिन्छ । ती सूचीहरुले विगतका भए÷गरेका कमि कमजोरीलाई पहिचान गर्दछ । कमजोर देखिएका पक्षलाई आगामी दिनमा सुधार गर्ने प्रयास गरिन्छ । सुधार भएका कार्यलाई निरन्तरता दिइन्छ । सुधारले भइरहेका कार्यको सवल र दुर्बल पक्षको पहिचान गर्दै सुझाव दिने हो । यसबाट राम्रा वा सबल पक्षका कार्यलाई निरन्तरता दिँदै कमी–कमजोरी भएमा सुधार गर्न सकिन्छ । यदि सुधार गर्न सकिँदैन भने त्यसलाई कार्य सूचीबाट हटाइन्छ । पृष्ठपोषण लिनु–दिनु सुधारको मुख्य लक्ष्य हो । सुधारका कार्यले संस्थालाई बलियो बनाउने कार्य गर्दछ । यसर्थ विकास र सुधार दुवै समाज सुधारको निरन्तरताका लागि एकअर्काका परिपुरक र अपरिहार्य हुन् ।

अतः विकास र सुधार नै समाज परिवर्तनका महŒवपूर्ण अङ्ग भएकाले परम्परागत रुपका समाजका संस्कार परिवर्तनका लागि कुनै सिद्धान्तको आवश्यकता पर्दैन । सिद्धान्तलाई प्राथमिकता दिने नाममा जर्बरजस्ती गरेर समाजमा भएका संस्कारमा परिवर्तन हुँदैन । सबैभन्दा महŒवपूर्ण कुरा भनेको विकास हो । यदि विकास गर्न सकियो भने समाजका परम्परा र मान्यताहरु स्वतः नै सुधार हँुदै जान्छन् । जसलाई हामी सामाजिक सुधारका रुपमा लिन सक्छांै । समाज सुधार्न वा समाजमा भएका मानिसहरुको जीवनस्तरमा सुधार ल्याउन हामीले विकासका कार्य गर्न र ती कार्य मार्फत समाज सुधार गर्न जोड दिनु पर्दछ । यी भनाइ अलखनन्दनबाट राखिएका थिए । अलखनन्दनका यी सारगर्वित भनाइ पछि सम्भावना जो बैठकको अध्यक्षता गरिरहेकी थिइन् । उनले बैठकलाई केही समय अनौपचारिका तर्फ धकेल्दै अलखानन्दनलाई सम्बोधन गर्र्दै भन्छिन्– ‘हुन त साधुसन्तहरुलाई प्रश्न गर्न मिल्दैन होला । तापनि जिज्ञाशा उठिहाल्यो । जिज्ञाशा मेटनका लागि पनि सोधु है ?’ अलखानन्दन ले पनि स्वीकारात्मक संकेत दियो । यसपछि सम्भावनाले सोधिन– ‘तपाईको विगतका बारेमा जानकारी पाउन सकिन्छ ? अनि तपाईको अनुहारको यो जुन आकृति छ, त्यो जन्मदैको अवस्था होकि पछि वा अन्य कुनै कारणले भएको ?’

सम्भावनाका यी प्रश्नले अलखानन्दन असामञ्जस्यतामा परे । दोधारमा परे । भनौ वा नभनौ उनका लागि पहिलो प्रश्न वास्तवमै जटिल बन्न पुग्यो । पछिल्लो प्रश्नमा सहजता थियो । अलखनन्दनले भन्दै गए । म मानव हुँ । मानव भएका नाताले मेरो जन्म कुनै घर परिवारमा भएको हो । कुनै अदृष्य शक्तिको बलमा जन्मिएभन्दा तपाईहरुले पत्याउने कुरा पनि भएन । यसर्थ मेरो घर थियो । बाबु–आमा थिए । दिदी–बहिनी थिए । छरछिमेकी थिए । समाज थियो तर पनि म आज एक्लो छु । फकिर भएको छु । बाबु–आमा र घरबार बिनाको देखिएको छु । यसको पृष्ठभूमि लामो छ । आज शुरु नगरौं । काम गर्दै जाउँ । विस्तारै खुल्दै जान्छ । मेरो विगत भनौं वा पारिवारिक पृष्ठभूमिका बारेमा यति मात्र बोलौं रह्यो मेरो अनुहारको कुरा । म मेरो परिवारभित्र रहँदै बस्दै गर्दा जब मेरो र परिवारबीच कारणबस बेमेलको अवस्था आयो । तब म भित्र विरक्तका भाव जन्मन पुगे । फलस्वरुप मैले परिवारका साथै सम्पूर्ण समाज नै त्याग्ने निर्णय लिए । जब मैले परिवारलाई छाडेर भारतको आसामस्थित कुनै एउटा अमूक ठाउँमा पुगे । जहाँ कसैले पनि पत्ता लगाउन नसकोस् भन्ने ध्येय मेरो थियो । म एक जना सज्जन उच्च घरनाका साहु जो व्यापारी पनि थिए । उनको घरमा म नोकरका रुपमा बसेको थिए । केही समयपछि साहुले मेरो कार्य क्षमता देखेर मलाई विश्वास गर्दै आफ्नो व्यवसायको रेखदेख गर्ने चौकिदारीको काम दिए ।

मलाई रात्रिकालीनको ड्यूटी दिएको थियो । पैसा पनि राम्रै थियो । वरपरका साहुले पनि थोरबहुत रकम मैनावरी रुपमा दिने गरेका थिए । करिब दुई बर्षपछि साहुको घरमा ठूलो डाका लाग्यो । मेरो इमान्दारीता र कर्तव्यले उनीहरुसँग भिड्न बाध्य गरायो । म पछि हटिन । उनीहरुको निर्देशन पनि मानिन । भाग भने, भागिन पनि । भागेको भए हुन्थ्यो होला । भाग्नु पर्छ भन्ने सोच मेरो आएन । उनीहरुले हल्ला नगर्न भनेका थिए । मैले हल्ला गर्न पनि छाडिन । सबैले नकाब लगाएका थिए । उनीहरु मध्ये एकजनाले म माथि एक्कासी तरवार प्रहार ग¥यो । म ढले । यसपछि मलाई केही थाहा छैन । म लामो समयसम्म बेहोस अवस्थामा नै रहेछु । मैले त घटना भएको बाइस दिनपछि आफूलाई अस्पतालमा भएको पाए । मेरो शरीरभरी टाँकैटाँका लगाएको रहेछ । टाउको गहिरो चोट लागेछ । अनुहारमा त शरीरका विभिन्न अंगका मासुहहरु लगेर सर्जरी गरिएको रहेछ । मेरो चिउडो काटिएछ । निधारमा गहिरो चोट लागेको रहेछ । शरीरका विभन्न अंगमा गहिरा चोट लागेछन् । मलाइ मारेर हिँडेका रहेछन् । सम्पत्ति भने लान पाएनछन् । हो–हल्ला भयो । डाका भाग्न बाध्य भएछन् । त्यसो त मैले पनि एउटा डाकालाई भने छप्काउन भ्याए छु । ठाउँको ठाउँ नै ढलेछ । काल पुगेको रै’छ क्यारे । तर मेरो निमित्त पुगेको थिएन रहेछ । धुकधुकी मात्र रहेछ । बाच्न सफल भएछु । जे होस साहुले मलाई ठूलै खर्च गरेर बचाए छन् ।

तर, मेरो गरी खाने हुती हरायो । आपूm उठेर वरपर गर्न नसकुञ्जेल भने म साहुकैमा बसे । लामो समय यही रुपमा साहुकोमा बस्न मैले उचित ठानिन । यसभन्दा अघि मेरो नजिकमा आउने बालबालिका अब मेरो छेउ पर्न छाडे । बोलाउँदा पनि डराउन थाले । साहुका परिवार लगायत त्यस समयमा कसैले पनि मेरो अनुहारमा सिँधै हेरेर कुराकानी गर्दैन थिए । त्यसले म मा हीनताको बोध पलायो । नैराश्यता आयो । चिनेजानेका मानिसका सामु आमनेसामने भएर मैले बोल्न पनि सोच्नुपर्ने भयो । साहुले भनेका थिए । तिमी मेरो छोरा समान हौ । मलाई पनि बचायौ । सम्पत्ति पनि बचायौं । तर तिमी अपाङ्ग भयौ । अनुहार कुरुप बन्यो । पहिला देख्ने मान्छेले अब तिमीलाई चिन्दैनन । तर पनि तिम्रो इमान्दारीता, म भुल्न सक्दिनँ । त्यसैले अप्ठेरो नमानी बस । म खान–लाउन दिन्छु । जब केही गर्न सक्ने हुन्छौ । सोही अनुरुप सकेको काम गर । लामो समयसम्म म ओछ्यान परे । जब म उठेर वरपर गर्न सक्ने भए ।
सोचे, यो साहुको दानापानी मैले कैलेसम्म खाने । यसको शेखपछि मेरो अवस्था के होला । मसँग केही रुपैयाँ पनि थियो । साहुको घरमा एउटा चिठी छाडे । मलाइ नखोज्न आग्रह गरे । कुनै दिन फर्केर आउँछु भनेर लेखे । चिठ्ठी सबैले देख्ने ठाउँमा राखे । बिहानीको रातमा आफ्ना सामान्य लुगाफाटा र ओड्ने ओछ्याउने बोकेर म साहुको घरबाट निस्के । सदाको लागि हिँडे ।
दुई घण्टाको हिडाइपछि उज्यालो भयो । नजिकैको रेल स्टेशनमा गए । टिकट लिए । एउटा सिल्भरको लोटा किने । रेल चढे । रेल मै म पहिलो चोटी मगन्ते बने । अमूक स्थान तर्फ लागे । एक–दुई दिन किनेर खाए । अनुहार देखेर छि ! छि ! दुर ! दुर ! गर्दथे । भाग भन्दथे । सकेसम्म चाडो विदा गर्न खोज्दथे । तर, पनि रित्तो हात फर्काउँदैन थे । मलाइ अब मागि खानु पर्दछ भन्ने लाग्यो । त्यहीबाट मागि खान शुरु गरे । मेरो गरी खाने दिनचर्या अब मागि खानेमा परिणत भयो । मेरो अनुहार कसैले हेर्दैन । तर, भिक्षा भने केही नभनी दिने गर्दथे ।

यो पेशा जस्तो बन्यो । शुरु गरेको दुई वर्षपछि म एक गाउँबाट अर्को गाउँ हुँदै यहाँ आइ पुगे । आज चार बर्ष नाघी सक्यो । मैले यो ठाउँ छाड्न सकिनँ । म यही रमाएको छु । दिन प्रतिदिन स्वस्थ पनि बन्दै गएको छु । लाग्छ अब म पनि समाजको एउटा अङ्ग बनेको छु । जसको लागि तपाईंहरुले मलाई विश्वास गर्नुभयो । अवसर दिँदै हुनुहुन्छ । त्यसका लािग म धन्यवाद दिन्छु । मेरो बलबाहु र बुद्धिले भ्याएसम्म तपाईहरुको यो संस्थालाई म सक्दो सहयोग पनि गर्नेछु । सबै चुपचाप थिए । एकोहोरो सुनिरहेका थिए । एकादेशको दन्त्य कथा जस्तो थियो उसको विगत । सबैका आँखा रसाएका थिए । भावविह्वल भएका थिए । उनीहरुसँग शब्द पनि थिएनन् । उसका लागि शब्द खर्च पनि गर्न सकेनन् । सम्भावनाले बैठक अन्त्य भएको जानकारी गराइन् । सबै उठे । फेरि भेटौ भन्दै भारी मन लिएर विदाबारी भए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here