जान्दिनँ म

0
36

खुशीको संसार छ मेरो
हाँसो, खुशी समेटेर हिँड्ने
विन्दास जिन्दगी छ मेरो
जति दुःख भए पनि
दुःखमा आत्तिन जान्दिनँ म
जति सुःख भए पनि
सुःखमा मात्तिन जान्दिनँ म
जति वेदना भए पनि
वेदना पोख्न जान्दिन म
जति खुशी भए पनि
खुशीमा रमाउन जान्दिनँ म
स्वार्थी दुनियाँमा
हारेर भाग्दिनँ म
जोसुकैले जेसुकै गरून्
डराउन जान्दिनँ म
यो समाजले जेसुकै भनुन्
समाजको कुरा सुन्दिनँ म
जस्तै दुःख आए पनि
हारेर भाग्न जान्दिनँ म ।

मेचीनगर– १२, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here