सप्तकोसीमा जलसतह यो वर्षकै उच्च

0
26

धरान (सुनसरी),

सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here