विराटनगरमा स्थानीय सञ्चार माध्यम र एआई सम्बन्धी तालिम सम्पन्न

0
15

छविराज ढकाल/ विराटनगर,

मोरङ्गको विराटनगरमा स्थानीय सञ्चार माध्यमको अवस्था विषयक अन्तरक्रिया तथा एआई (Artificial Intelligence) सम्बन्धी तालिम सम्पन्न भएको छ।

शनिबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीले तालिमको उद्घाटन गर्नुभएको हो। यो तालिम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहकार्यमा नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको हो।

तालिमको उद्घाटन समारोहको अध्यक्षता नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन प्रसाद भट्टराईले गर्नुभएको थियो। तालिममा वरिष्ठ स्वतन्त्र पत्रकार यज्ञप्रसाद शर्मा, वरिष्ठ पत्रकार रवीराज बराल, र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले एआई सम्बन्धी तालिममा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले गर्नु भएको थियो। तालिममा सहभागी पत्रकारहरुले एआईको प्रयोगबाट पत्रकारिताको क्षेत्रलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण प्राप्त गरेका थिए। एआई प्रविधिको सही प्रयोगले समाचार संकलन, सम्पादन र प्रसारण प्रक्रियामा सुधार ल्याउन सकिने बताइएको थियो।

तालिममा सहभागीहरुले एआईको प्रयोगबाट फेक न्यूजको पहिचान, सत्यापन, र छानबिनका विधिहरुमा पनि जानकारी पाएका थिए। साथै, स्थानीय सञ्चार माध्यमको वर्तमान अवस्था र चुनौतीहरुबारे पनि जानकारी दिईएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here