जङ्गली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

0
10

तनहुँ,

जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् ।

अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here