सोनु, अर्जुन र अनिस बने रोङ गट ट्यालेन्ट

0
487

गणेश अर्याल / इलाम ।

इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ ।

गायन, नृत्य र कबिता बिधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोश्रो र आरध्या अर्याल तेश्रो भएका छन् ।

त्यसैगरी निस्ता राई चौथो र प्रज्ञा भूजेल पाचौ भएका छन् । त्यसैगरी गायनमा अर्जुन खड्का प्रथम, शौगात शुब्बा दोश्रो र एलिना राई तेश्रो घोषित भएका छन् । गायनमा देबधन राई चौथो र हर्कमान सुन्दार पाचौ घोषित भए ।

त्यसैगरी रोङ प्रतिभाको खोजी अन्तरगत नै कबिता तर्फ अनिश राई प्रथम तिलकराज कोइराला दोश्रो र साम्पोल गजमेर तेश्रो भएका छन् । कबितामा शुष्मा राई चौथो र तेजकुमारी चौलागाइ पाचौ घोषित भएका छन् । प्रतियोगितामा बिजयी सबैलार्इ आयोजकले नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल र ट्रफी प्रदान गरेको थियो ।

यस अघि बिभिन्न चरणमा भएका प्रतिस्पर्धाबाट कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेका थिए । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका थिए ।

नृत्य विधामा निस्ता राई , प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेका थिए । गाउँपालिकाकमा लुकेर रहेको प्रतिभाको खोजी गर्न पालिकाले सञ्चालन गरेको यो प्रतियोगिताको कलाकर्मीहरुले स्वागत गरेका छन् ।

यो प्रतियोगिताको लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा बजेटको ब्यवस्था गरेर आगामी बर्ष हिउदकै समयमा सञ्चालन गर्ने गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here