नसर्ने रोग पहिचानका लागि स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

0
16

बनियानी (झापा),

झापाका स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोगको शीघ्र पहिचान र रोकथामसम्बन्धी अभिमुखीकरण गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले यहाँका चार पालिकाका एक सय ५० जना स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको पाइलट कार्यक्रमअन्तर्गत झापाको गौरीगञ्ज, कचनकवल गाउँपालिका र गौरादह नगरपालिका तथा कनकाई नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीमध्ये एक वडाका दुई जना स्वयंसेविकालाई एक÷एक वटा ब्लड प्रेसर र सुगर नाप्ने मेसिन प्रदान गरिएको कार्यालय झापाका जनस्वाथ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताउनुभयो ।

स्वयंसेविकालाई जनस्वाथ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जनस्वाथ्य अधिकृत प्रकाश पाठक, ल्याटेनी युवनाथ बराल, चन्द्र शेखर, सम्बन्धित पालिकाका स्वास्थ्य शाखा संयोजकलगायतले अभिमुखीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here