लागूऔषधसहित पाँच जना पक्राउ

0
114

सुन्दरहरैचा ।

मोरङ र झापाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट भारतबाट नेपाल आउदै गरेका पैदल यात्री मोरङको सुन्दरहरैचा नगरपालिका ४ बस्ने २३ बर्षीय दिपेश चौधरी र सुनबर्षी नगरपालिका १ बस्ने २० बर्षीय लोकेन्द्र बहादुर खतिवडालाई लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर २.१८ ग्राम सहित पक्राउ गरेको हो ।

यता झापाको दमक नगरपालिका ४ कृष्ण मन्दिर छेउबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ६ ग्राम ब्राउन सुगरसहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका ७ का ३६ बर्षीय खगेन्द्र न्यौपानेलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

त्यस्तै मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ६७० मिलिग्राम ब्राउन सुगर सहित झापा बुद्धशान्ति गाउँपालिका १ बस्ने २१ बर्षीय बिशाल श्रेष्ठ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै जानको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here