कारभित्र गाँजा फेला परेपछि…

0
33

मोरङ ।

मोरङको बुढीगंगाबाट प्रहरीले चालक बिनाको कारभित्रबाट एक सय १५ किलोग्राम गाँजा बरामद गरेको छ।

बुढीगंगा गाउँपालिका–१ आदर्श टोलस्थित सडकमा रोकेर राखिएको रातो रंगको कारबाट एक सय १५ केजी लागूऔषध गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक  ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

नहर नजिकै भित्री सडकमा रोकेर राखिएको बा ७ च ९५९५ नम्बरको कार शंका लागेर चेक गर्ने क्रममा उक्त सङ्ख्यामा गाँजा भेटिएको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायब निरीक्षक (सई) प्रवीण खड्का नेतृत्वको टोलीले गाँजा लोड गरिएको कार नियन्त्रणमा लिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here