आत्मानिर्भर बन्न इटहरीका ४१ महिलालाई सिलाई कटाई तालिम

0
61

योगेन्द्र योगी/ सुन्दरहरैचा,

इटहरीका महिलाहरुका लागि लेभल २ सिलाई कटाई सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा १४ र १५ वडामा मा संचालित ४५ दिने लेभल २ सिलाई कटाई तालिम मंगलबार सम्पन्न गरेको छ।

इटहरी उपमहानगरपालिका रोजगार शाखाको आर्थिक सहयोग तथा पहिलो पाइला इन्ष्टिच्युट प्रा.लिको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो। तालिम समापन कार्यक्रममा बोल्दै इटहरीका नगर उप प्रमुख संगीता कुमारी चौधरीले सीपको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बन्न मद्दत गर्ने बताईन ।

“सीप जीवनको हरेक मोडमा उपयोगी हुन्छ” उपप्रमुख चौधरीले भनिन् , “तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु पर्छ ।” नगरपालिकाले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाएकी छन्।

वडा नम्बर १५ का अध्यक्ष जयनाराण चौधरीले सीप सिकेका सबै महिलाहरुले अब सिलाई कटाईको ब्यवसायिक यात्रा शुरु गर्नु पर्ने बताउदै सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पूग्ने र सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने बताए।

तालिमका प्रशिक्षक जानुका निरौलाले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको उल्लेख गर्दै तालिमले महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर र आर्थिक उपार्जन गर्नमा महत्वपूर्ण हुने बताईन्।

तालिमका कार्यक्रम निर्देशक पार्वती गच्छदारले स्थानीय महिलाहरु बेरोजगारी भई बसिरहेको र उनीहरुमा सिप विकास गरी आय आर्जनमा सहयोग पुग्ने उदेश्यले सिलाई कटाई तालिम दिईएको बताईन् । आगामी दिनहरुमा पनि यस्ता खालका तालिमलाई निरन्तरता दिईने कार्यक्रम निर्देशक गच्छदारले बताईन्।

तालिममा ४१ जना महिलाहरुको सहभागिता रहेको थियो। सहभागीहरुले समग्र तालिमको अनुभव सुनाउँदै सिकेको सीपलाई लागू गरी सिलाई कटाई ब्यवसायलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here