अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

0
12

काठमाडौं ।

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा क्यानडालाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना १६ औँ उपाधि नजिक पुगेको हो।

१५ पटकको च्याम्पियन अर्जेन्टिनाका लागि पहिलो हाफको २२औँ मिनेटमा जुनियल अल्भारेजले गोल गर्दै अग्रता लिए। पहिलो हाफमा १–० को अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो गोल ५१औँ मिनेटमा लियोनल मेस्सीले गरे।

जारी कोपा अमेरिकामा मेस्सीको यो पहिलो गोल हो। उपाधिका लागि अर्जेन्टिनाले भोलि हुने कोलम्बिया र उरुग्वेको विजेतासँग खेल्नेछ। थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here