स्वास्थ्य संस्थालाई कारवाही गरिने

0
56

हल्दिवारी ।

हल्दीबारी गाउँपालिका क्षेत्रभित्र बिना दर्ता तथा स्वीकृत बिना अवैधानिक रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा ब्यावसायलाई कारवाही गरिने भएको छ ।

झापाको हल्दीबारी गाउँपालिकाभित्र दर्ताबिना सञ्चालनमा रहेको औषधि पसल, फार्मेसी, क्लिनिक, अस्पताल साथै विभिन्न व्यावसायहरु नियमानुसार मापदण्ड पूरा गरी सम्बन्धित निकायमा दर्ता, स्वीकृत भएपछि मात्र सञ्चालन गर्न पालिकाले भनेको छ ।

पालिकाभित्र कतिपय स्वास्थ्य सेवा, संघ, संस्था, फार्मेसी र क्लिनिकहरु सम्बन्धित निकायमा दर्ता÷स्वीकृत नभई सञ्चालन भइरहेको जनगुनासो प्राप्त भएको भन्दै त्यस्ता संस्थाप्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको हो । जनताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्ने त्यस्ता कुनैपनि गतिविधि नगर्न र दर्ता स्वीकृति नभई कुनैपनि व्यवसाय सञ्चालन नगर्न पालिकाले १५ दिने सूचना जारी गरेको बताइएको छ ।

सम्बन्धित निकायमा दर्ता÷स्वीकृत नभई सञ्चालन भएको ब्यावसाय गैर कानूनी भएकाले फर्म व्यवसाय सेवाको प्रकृति अनुसार १५ दिनभित्र तोकिएको मापदण्ड पूरा गरी सम्बन्धित निकाय तथा पालिकाको कार्यालयमा दर्ता, स्वीकृति, नवीकरण लगायत अध्यावधिक हुन सूचित गरिन्छ – पालिकाद्धारा जारी सूचनामा भनिएको छ ।

नियम विपरीत त्यस्ता कार्य गरेको गराइको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सम्वन्धित सबैमा जारी सूचनामार्फत पालिकाले जानकारी गराइएको प्रमख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

पालिकाले बिनादर्ता तथा बिना स्वीकृति सञ्चालन भइरहेका स्वास्थ्य संस्था र ब्यावसायको डाटा संकलन गर्दै गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार त्यस्ता संस्थालाई दिइएको समयसीमाभित्र पनि पालिकामा पनि पालिकामा दर्ता तथा स्वीकृति लिन नआए उनीहरुलाई दिएको समय सीमाभित्र पनि सम्पर्कमा नआए साथै नियम विपरीत सञ्चालन गरेको पाइए प्रचलित कानून अनुसार पालिकाले कारबाही गर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here