५४ पिन्ट रगत संकलन

0
73

कनकाई ।

रोटरी एवम् रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजनामा आज बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कनकाई–३ सुरुङ्गास्थित नेपाल बैंक रहेको कुमुदिनी भवन परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको जनाइएको छ । वर्षात्को समयमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा सञ्चालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीले जानकारी दिए ।

रक्तदान आफ्नो स्वास्थ्यका लागि पनि फाइदाजनक भएकाले नियमित रुपमा रक्तदान गरी रगत अभावको अवस्थालाई समेत कम गर्न सकिने कार्यक्रम संयोजक समेत रहेका क्लवका प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोराले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा झापाको प्राविधिक सहयोग रहेको बताइएको छ ।

क्लवका अध्यक्ष लुवराज उप्रेतीको सभापतित्व एवम् नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा रोटरी इन्टरनेशनलका एसिस्टेन्ट डिस्ट्रिक गभर्नर बिनोद बस्नेत, कनकाई वडा नं.३ का वडाध्यक्ष युवराज चम्लागाँईँ, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा लगायतले शुभकामना मन्तव्य राख्दै मानवीय सेवाको क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

कार्यक्रम संयोजक अर्जुन बोहोराले औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन रोटरी क्लवका सचिव सोमनाथ उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here