सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १९ बर्ष पछि पक्राउ

0
30

विराटनगर ।

सवारी ज्यान सम्बन्धी मुद्धाका फरार प्रतिवादी १९ बर्ष पछाडी पक्राउ परेका छन् ।

झापा मेचिनगर नगरपालिका ११ बस्ने ५४ बर्षीय वन काईलो भन्ने नर बहादुर भुजेल पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले घरमै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

२०६२ साल फागुन ९ गते बिहान साँढे ७ बजे भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट सोही ट्याक्टरका सहचालक टेकेन्द्र लिम्बू(ताम्लिङ) सडकमा खस्दा सोही ट्याक्टरले किच्दा लिम्बूको घटनास्थलमानै मृत्यु भएको थियो ।

सोही घटनाबाट फरार रहेका ट्याक्टर चालक भुजेल १९ बर्ष पछाडी पक्राउ परेका हुन् । पक्राउ परेका भुजेलको जिल्ला अदालत झापाबाट म्याद थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here