बिपिनको विवाह उत्सवमा बिर्तामोड उद्योग वाणिज्य संघलाई समरसिवल पम्प र दमकल डेलीभरी पाइप प्रदान

0
25

झापा  । बिर्तामोडका व्यवसायी विश्वेश्वरप्रसाद बजगाई (विपिन) र बिनिता बजगाईले बिर्तामोड उद्योग वाणिज्य संघलाई दुई सेट जमेको पानी तान्ने समरसिवल पम्प र दमकल डेलीभरी पाइप प्रदान गरेका छन् । बिर्तामोड –५ निवासी विपिन संघको कार्यसमिति सदस्य समेत हुन् । उनले २५ औं वैवाहिक वर्ष गाठको अवसर पारेर उक्त सामग्री संघलाई प्रदान गरेका हुन् ।
ढलको उचित निकास नहुँदा बिर्तामोडका व्यवसायीले दुई साता अघि मात्रै पसलमा पानी परेर लाखौं रुपैयाँको क्षति व्यहोर्नु परेको अबस्थालाई मध्यनजर गर्दै उनले आगामी दिनमा व्यवसायीले यस्तो समस्या व्यहोर्नु नपरोस् भन्दै समरसिवल पम्प र दमकल डेलीभरी पाइप प्रदान गरेको जनाएका छन् ।
संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच उनले सो सामग्री संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरे । गत असार ११ गते अविरल वर्षाका कारण बिर्तामोडको विशाल मार्केट र प्रसाई मार्केटमा रहेका व्यवसायीहरुको पसलमा पानी पसेर पानीले पसलमा राखिएका सामग्रीमा भिजाएर नष्ट गर्दा व्यवसायीले लाखौं रुपैयाँको क्षति व्यहोर्नु परेको बताउँदै उनले बर्षाका कारण कुनैपनि व्यवसायीहरुको पसल तथा गोदाममा पानी जम्न गएमा तत्काल त्यसको निकासका लागी जमेको पानी तान्ने समरसिवल पम्प र दमकल डेलीभरी पाइप व्यवसायीलाई उपलव्ध गराउनका लागी आफूले बिर्तामोड उद्योग वाणिज्य संघलाई पम्प प्रदान गरेको बताए ।
युनिक मेसिनरी ट्रेडर्सका प्रोपाइटर तथा युनिक इन्टरप्राइजेज बिर्तामोडका प्रवन्ध निर्देशक समेत रहेका बजगाईंले विगत ७ ÷८ वर्षअघि वर्षाका कारण बाढी पसेर आफ्ना पसलका सबै सामग्री नष्ट गरेको भन्दै अन्य व्यवसायीलाई समस्या परे सहजताका लागि पम्प प्रदान गरेको बताए ।
सहयोग सामग्री ग्रहण पछि संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघका कार्य समिति सदस्य विपिन उहाँकी पत्नी विनिताले २५ ओै विवाह बर्षगाठको अवसर पारेर जमेको पानी तान्ने मेसिन प्रदान गरेर पुण्यको काम गरेको बताए ।
बर्षाका कारण कुनैपनि व्यवसायीहरुको पसल तथा गोदाममा पानी जम्न गई क्षति न्युनिकरणका लागि पानी निकाल्नु परेमा संघद्वारा उक्त पम्प निःशुल्क उपलब्ध गराउने बताउँदै व्यवसायीलाई आवश्यक परे तत्काल अध्यक्ष राजु न्यौपाने ९८५२६७२१०१, महासचिव कुशल खतिवडा ९८५२६७४६४० कोषाध्यक्ष युवराज निरौला ९८४२६५१०३४ सदस्य विपिन वजगाई ९८५२६७३२३९ कार्यालय सचिव राजु गौतम ९८०४९०२६६१ तथा संघको ०२३–५३०२३६ मा सम्पर्क गर्नु हुन उद्योगी ,व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा संघका उपाध्यक्ष विशाल थापा, कोषाध्यक्ष युवराज निरौला, सचिव राजकुमार शाह, सदस्य रमेश घिमिरे, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा जमेको पानी तान्ने समरसिवल पम्प र दमकल डेलीभरी पाइपको डेमो प्रदर्शन गरिएको कार्यालय सचिव राजु गौतमले जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here