बुट्टाबारी ।
नेपाल राष्ट्रिय मगर संघ झापाको १८ औं राष्ट्रिय स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखाद्वारा सञ्चालित मनमाया आमा, गङ्गा आमा र जगल गार्डेन ब्वाइज होममा आश्रित विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका अभिभावकका २५ जना बालबालिकालाई खाद्यान्न एवम् स्टेशनरी व्यवस्थापनका लागि रकम हस्तानतरण गरिएको छ ।
नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय समितिका सभापति दिनेश थापा मगरले ११ हजार एक सय ११ रुपैयाँ संस्थाका सचिव रन्जित परियारलाई हस्तान्तरण गरेका छन् भने अम्बिका समाल राईले केही नगद तथा फलफूल र खाद्यान्न सस्थाका अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरेकी छिन् ।
नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सभापतिले पठाएको सन्देश बाचन गर्दै नेपाली कांग्रेसको एउटा दर्बिलो खम्बाको रुपमा रहेको अत्यन्तै पुरानो संगठन राष्ट्रलाई आवश्यक पर्दा शहीद लखन थापा जस्तो बलिदान दिन सक्ने एउटा कर्मशील वर्ग उत्पादन गर्ने मगर जातिहरुको नेपाली कांग्रेसप्रति आवद्ध नेपाल राष्ट्रिय मगर संघको १८औं स्थापना दिवस जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गर्दै मनाइएको प्रदेश सल्लाहकार संयोजक जगतबहादुर मगरले बताए ।
मगर संघ झापाले बालगृहमा रहेका असहाय बालबालिकाहरुको मुहारमा हाँसो ल्याउँदै भविष्यका कर्णधार उनीहरुलाई शिक्षामा सहयोगार्थ नगदसहित खाजा खाद्यान्नको व्यवस्थापन गरेको भन्दै प्रमुख अतिथि मगर संघ कोशी प्रदेशकी उपसभापति सुष्मा राना मगरले प्रशंसा गरिन् ।
कार्यक्रममा बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा सचिव परियार, नेपाली कांग्रेस अर्जुनधारा वडा नं. ११ का उपसभापति नरेन्द्र खड्का, अन्जन तामाङ, गोबिन्द तामाङ्ग, बबिता लिङेली मगर र सुन्दर क्याप्छापी मगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल मगर संघ झापाका सचिव मदन मगरको सभापतित्वमा भएको कार्यक्रलमको सञ्चालन तथा स्वागत जिल्ला कोषाध्यक्ष प्रेमिका मगरले गरेकी थिइन् भने सहजीकरण हरि भण्डारीले गरेका थिए ।