भद्रपुर ।
नेपाल परिवार नियोजन संघ झापाको ४६ औं शाखा सभा शनिवार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष लोकराज भट्टराई ‘बुइपाली’को अध्यक्ष्तामा सम्पन्न भएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजवादी पाटीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, जिल्ला समन्वय समिति प्रमुख विश्वनाथ वराल, उपप्रमुख शान्ता रोक्का, विर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतारा प्रसाइ, पूर्व सांसद रवीन कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघले सञ्चालन गरेको क्लिनिकहरु मध्ये बनियानीमा सञ्चालित क्लिनिक उत्कृष्ठ भएकोले सञ्चालक वसन्त वानियालाई सम्मान समेत गरिएको थियो ।
कोषाध्यक्ष पार्वती ओझाले आर्थिक प्रतिवेदन, रामप्रसाद दवाडीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन चन्द्रमाया श्रेष्ठले गरेकी थिइन् ।