धनगढीमा तरकारीको मूल्य बढ्यो

0
5

कैलाली,

धनगढीमा अहिले तरकारीको मूल्य निकै बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको धनगढीमा छिमेकी राष्ट्र भारतका विभिन्न सहरबाट तरकारी आयात हुने गरेको छ ।

भारतको पलियास्थित वङ्शीनगरमा केही दिनदेखि वर्षाका कारण बाटो अवरुद्ध भई आयात रोकिएपछि धनगढीमा हिजोआज तरकारीको मूल्य निकै बढेको स्थानीय तरकारी व्यवसायी चन्दु चौधरीले जानकारी दिनुभयो । आयात भएका विभिन्न तरकारी प्रदेशका अन्य पहाडी जिल्लामा समेत जाने गरेको छ ।

“केही दिनदेखिको अविरल वर्षाका कारण पलिया नजिकैको उक्त स्थानमा जलसतह बढी बाटो अवरुद्ध भएपछि यहाँ तरकारी आयात रोकिएको छ । अहिले स्थानीय बजारमा तरकारीको मूल्य आकाशिएको छ,” व्यवसायी चौधरीले भन्नुभयो ।

धनगढीको रामजानकी सब्जीमण्डीमा तरकारी लिन आउनुभएका हरिभक्त जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताउनुभयो । उहाँले अहिले फर्सी, लौका प्रतिकिलो रु ३० देखि ५० हुने गरेकामा अहिले रु एक सय बढी पुगेको जानकारी दिनुभयो । तरकारीको मूल्य अत्यधिक वृद्धि हुन थालेपछि स्थानीय उपभोक्ता मारमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here