आधारभूत स्वास्थ्य केन्द्र पथरी शनिश्चरे भिडियो प्रतिष्पर्धामा प्रथम

0
14

पथरी शनिश्चरे,

स्वास्थ्य कार्यालय मोरङ र करुणा फाउण्डेसन नेपालद्वारा आयोजित ‘फोलिक एसिड चक्कीको प्रयोग’ भिडियो प्रतिष्पर्धामा आधारभूत स्वास्थ्य केन्द्र पथरी शनिश्चरे १ ले प्रथम भएको छ ।

उक्त प्रतियोगितामा सुन्दर हरैचा नगरपालिका इन्द्रपुर स्वास्थ्य चौकी दोस्रो र उर्लाबारी नगरपालिका आधारभूत स्वास्थ्य केन्द्र १ तेस्रो भएका हुन् ।

पथरी शनिश्चरे नगरपालिकाको तर्फबाट प्रस्तुत गरिएको सो भिडियोमा स्वास्थ्यकर्मीहरू क्रमशः निर्मला विक, रक्षा गजमेर, दिक्षा गौतम, लिला सुब्बा, अनिता बस्नेत र मनिता थापाले अभिनय गरेका हुन् ।

पुरस्कृत प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेहरुलाई नगद ५ हजार, ३ हजार र १ हजार रुपैयाँ सहित पुरस्कार प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here