कमलमा सार्वजनिक सुनवाई

0
9

कमल ।

कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।

कमल गाउँपालिकाको आयोजना तथा हिमशिखर टेलिभिजनको प्राविधिक सहयोगमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चालु आर्थिक वर्षमा पालिका बाट सम्पन्न भएका विभिन्न योजनाको अवस्थाका , सुचनाप्रवाहका वारेका गाउँवासिका तर्फ बाट जिज्ञासाका साथै सुझाव राखिएको थियो ।

नगरिक बाट प्राप्त जिज्ञासालाई गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले प्रष्ट पारेका थिए । वडा स्तरमा उठेका जिज्ञासाको, सम्बन्धित २ नम्बर वडा अध्यक्ष अशोक सुब्बा, ७ वडा नम्वर अध्यक्ष पृथ्विपति राईले प्रष्ट पारेका थिए ।

त्यस्तै विषयगत शाखा माथी उठेका जिज्ञासालाई सम्बन्धि शाखाका प्रमुख अन्तर्गगत कृषि विकास शाखा प्रमुख महेन्द्र वोहोरा, पशुसेवा शाखा प्रमुख दिपेन्द्र लामिछाने, बालबालिका शाखा प्रमुख रिता कार्की लगायतले सेवाग्राहिले राखेका जिज्ञालाई प्रष्ट पारेका थिए ।

कार्यक्रमको सहजीकरण हिमशिखर टेलिभिजनका कार्यक्रम प्रस्तोता उमानाथ भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here