अर्जेन्टिनालाई कोपा अमेरिका–२०२४ को उपाधि

0
12

काठमाण्डौं ।

कोलोम्बियालाई पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका- २०२४ को उपाधि रक्षा गरेको छ।

कोलम्बियालाई पराजित गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ उपाधि उचालेको हो। अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा कोलोम्बियामाथि १–० संर्घषपूर्ण जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि रक्षा गरेको हो।

खेलको १ सय १२ औँ मिनेटमा लउतारो मार्टिनेजको निर्णायक गोलमा अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपाको उपाधि उचालेको हो। निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ६६ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले चोट बोक्दै मैदान छाडेका थिए।

कोलोम्बियाको हारसँगै २७ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ। फाइनल खेल सोमबार बिहान निर्धारित समयभन्दा करिब ७५ मिनेट ढिला गरि सुरु भएको थियो। अर्जेन्टिना र कोलोम्बियाबिचको फाइनल हेर्न दर्शकहरु खेल सुरु हुनुभन्दा निकै अघि स्टेडियममा पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here