बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
67

झापा । झापाको कनकाई नगरपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नम्बर २ पवित्रा पेट्रोल पम्प नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । बसको ठक्करबाट कमल ५ का ४१ बर्षीय लक्ष्मीप्रसाद लिम्बूको मृत्यु भएको हो ।

सोमबार साँझ ७ बजे विराटनगरबाट काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश १(०१(००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जादै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाइते लिम्बूको उपचारको क्रममा बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बसले काँकरभिट्टा आउने क्रममा दिउँसो साढे ४ बजे मोरङको बेलबारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको र सो घटना मिलाउन चालक माई नगरपालिका ८ का २२ बर्षीय सागर थुलुङ राई उत्रिएको र बसका कण्डक्टर पुण्य सिटौलाले बस चलाएर ल्याउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिका ६ बस्ने बर्ष अन्दाजी २७ का सिटौला हाल फरार रहेको प्रहरीको भनाई छ ।

बस चालक थुलुङ, सहचालक विराटनगर २ बस्ने अन्दाजी १९ बर्षीय दिपेश दर्जीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here