कञ्चनपुरको लालझाडीमा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन

0
1

कञ्चनपुर,

विपद्जन्य घटना कम गर्ने उद्देश्यले लालझाडी गाउँपालिकामा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

गाउँपालिकाभित्रका प्राकृतिक तथा गैरप्राकृतिक जोखिमबाट हुनसक्ने क्षति घटाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएपछि विपद्बारे पूर्वसूचना सङ्कलन गरी क्षतिलाई न्यूनीकरण गर्न सकिने गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । गाउँपालिका बाढीजन्य घटनाका जोखिममा रहेकाले यसबारे पूर्वसूचना सङ्कलन गरी जीउधनको सुरक्षा गर्न सकिने अध्यक्ष रानाले उल्लेख गर्नुभयो ।

केन्द्र सञ्चालन गर्न पालिकाले कार्यसञ्चालन कार्यविधि दुई वर्षअघि नै निर्माण गरिसकेको छ । केन्द्र सञ्चालनमा ल्याइए कार्यविधिअनुसार सञ्चालन गरिने छ । गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थानीय विपद् व्यवस्थापन समितिको निर्देशनबमोजिम सञ्चालन हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here