असारमा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन

0
2

ताप्लेजुङ,

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा पछिल्लो एक महिनामा रु २० लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार असारमा पाथीभरामा भत्तजनले चढाएको भेटीका रूपमा रु २० लाख ४४ हजार नौ सय भेटी सङ्कलन भएको हो ।

सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक हाङबाङका अनुसार आव २०८१/८१ मा दुई लाख ३१ हजार तीन सय ३४ तीर्थालुले मन्दिरको दर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here