निर्दयी छोराबुहारीः जसले आफ्नै बृद्ध बुबालाई जंगलमा छोडे

0
4

मोरङ।

संस्कृतमा एउटा भनाइ छ । पितृ देवो भवः’ अर्थात् बुवाआमा जिउँदा भगवान हुन् भन्ने भनाइ छ । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । बुवाले सन्तानको खुशीका लागि हरेक कठिन समस्याहरुसँग कहिल्यै सम्झौता गर्दैनन् ।

आफ्नो सन्तानको सुख र सुनौलो भविष्य सुनिश्चित गर्दै सात दशक पार गरेका मोरबका एक वृद्धलाई भने आफ्नै छोराबुहरीले जंगलमा लगेर छोडेको घटना बाहिरिएको छ । बेलबारी नगरपालिका–७का ७० वर्षीय वृद्ध जामुनलाल झाँगडलाई उनकै छोराबुहारीले जंगलमा लगेर छाडेका हुन् ।

आफ्नै छोरा बुहारीले जामुनलाललाई बेलबारी– चिसाब साझेदारी वन क्षेत्रको बीच जंगलमा लगेर छोडेको घटना बाहिरिएको हो । चारदिन यता वृद्धलाई जंगलको बीचमा लगेर छाडिएको पाइएपछि मंगलबार जामुनलालको उद्धार गरिएको छ ।चिसाब साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उद्धार गरिएका वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेकोछ । जो कोही मानिस पुग्नै नसक्ने ठाउँ जंगलको बीचमा लगेर छाडिएको रहेछ’– उनले भने– वनको गस्ती टोली हात्ती निरीक्षण गर्न जाँदा बीच जंगलमादेखेपछि सोधी–खोजी हुँदा घटना बाहिरिएको हो ।’

गस्ती टोलीले सोधखोज गर्ने क्रममा चारदिन यता छोराबुहारीले आफूलाई जंगलमा छाडेको वृद्धले बताएका छन् । जंगलमै लगेर छाडिएको हो भन्ने पुष्टि हुने आधार पनि छ । गस्ती टोलीले मोटरसाइकल जंगलमा गएको डाम पनि पत्ता देखेका कारण जंगलमै लगेर छाडेको देखिन्छ’– उनले भने– हामीले दुईतिर बोरामा घोचा हालेर प्राथमिक स्ट्रेचर बनाएर गाडी
आउने ठाउँसम्म बोकेर ल्यायौँ । त्यसपछि गाडीमा हालेर अस्पतालसम्म पु¥याएका छौँ ।’

सव डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय र बेलबारी नगरपालिकाका प्रतिनिधिसहितको रोहबरमा उद्धार गरिएको उनले जनाए । वृद्धको भनाइ उद्धृत गर्दै उनले भने– छोराबुहारीले यहाँ ल्याएर छाडेपछि चारदिनदेखि यहीँ बसिरहेको छु ।’ अध्यक्ष गिरीका अनुसार वृद्धको शरीरमा चोट देखिएको छ । थरथर कापिरहेको अवस्थामा भेटिएका उनी राम्ररी बोल्न सक्ने अवस्थामा पनि छैनन् । ती वृद्ध वडा नं. ७ डाँगी टोलमा बस्ने गरेको खुलेको वडाध्यक्ष सुनीता चौधरीले पुष्टि गरिन् । आफूले छोराबुहारीलाई वडामा ल्याउन भनेको उनले बताइन् ।

छोराबुहारीलाई वडामा ल्याउन प्रहरीलाई भनेको छु’– उनले भनिन् । उनका अनुसार बेलबारी–७स्थित एक परिवारमा
आफन्त कहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए । जेठो छोरा कहाँ बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारको सिलसिलामा छन् ।

एक छोरा पञ्जाबमा बस्ने, एकजना सुन्दरहरैँचामा बस्ने र आउ–जाउ गर्ने हुँदोरहेछ । एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीबाट हिँड्नुभएको रहेछ’–वडाध्यक्ष चौधरीले भनिन्– बेलबारीमा भने छोराकै रिलेसनजस्तो रहेछ । केहीदिन अघि आएर फेरि छोराकोमा जान्छु भनेर हिँडेको पुष्टि भएको छ ।’

उनका अनुसार भारतमा रहेका कान्छा छोरा भने सम्पर्कमा आएका छन् । तर, जेठा छोरासँग भने सम्पर्क हुन सकेको छैन । उनले भनिन्– बेलबारीबाट जेठा छोराकोमा गएको भनेर हिँडेको र हालसम्म यो घटना बाहिरिएपछि जेठो छोरा हालसम्म सम्पर्कमा आएकाछैनन् । हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ’– वडाध्यक्ष चौधरीले भनिन् । बेलबारी–चिस्यान साझेदारीवनका गणेश कार्की, राजेन्द्र घिमिरे, मुरारी काफ्ले,सन्तोष विक लगायतले बृद्धको उद्धार गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार बृद्धका परिवारको खोजी कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here