वनमा छाडिएका वृद्धको उद्धार

0
8

बेलबारी (मोरङ),

मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उहाँलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताउनुभयो । “चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ”, उहाँले भन्नुभयो ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उहाँ धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिनुभयो । बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आउनुभएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here