सुन्दरहरैचाबाट मोटरसाईकल चोरी गर्ने दुई पक्राउ

0
4

मोरङ,

मोरङमा मोटरसाईकल चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको बेलबारी १० भाउन्नेका नरबहादुर थापाको नाममा दर्ता रहेको प्र १-०२-०४८ प ६२०२ न. को खैरो निलो कलरको १५० सिसि को एफ जेट मोसा त्रिबेणी चोक स्थितमा पार्किङ गरी राखेको अबस्थामा मोटरसाईकल गत असार २२ गते हराएको थियो।

हराएको उक्त मोटरसाईकल मंगलबार सन्दरहरैचा नगरपालिका ९ जब्दि स्थित भित्रि सडकमा सोहि मोटरसाईकलको नम्बर परिवर्तन गरी प्र १-०२-०४७ प ८२६९ नम्बर प्लेट राखि बेलबारी ७ बस्ने बर्ष २३ को सुमन चौधरी र सुन्दरहरैचा नगरपालिका ९ बस्ने बर्ष २१ को सुदिप परियारलाई राखि कुदाई रहेको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिए।

मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here