सुनसरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

0
14

मोरङ,

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धरान-१३ स्थित कोशी लोकमार्गमा भेडेटार तर्फ जादै गरेको प्रदेश १-०२-००२ख ०१६० नम्वरको ट्रकमा बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८ प ४९२४ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक धरान-२० का १७ बर्षीय समर्पण राई घाईते भई उपचारको लागि स्थानिय बिजयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको थियो ।

यसैगरी, हरिनगर गाउँपालिका-२ स्थित हुलाकी राजमार्गमा मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पैदल यात्री हरिनगर-१ की ५० बर्षीया दुखनी देवी दासको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक चालक झापा कमल गाउँपालिका-१ का प्रेम बहादुर न्यौपाने र मोटरसाईकल चालक भारत अररियाका सुरज दासलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here