कनकाई आरती शुभारम्भ गरिने

0
1

कनकाई ।

झापाको कनकाई माईधाम कोटिहोममा श्रावणी सोमबारे धार्मिक मेला आयोजना हुने भएको छ ।

विगतको वर्षमा भव्यरुपमा आयोजना हुने गरेको सोमबारे धार्मिक मेला कोरोना कहरले गर्दा धाम समितिले आयोजना स्थगन गरेको थियो । यस वर्षदेखि भगवान शिवको महिना साउनमा पर्ने सोमबार धार्मिक मेला योजना गर्ने तयारी गरिएको मंगलवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।

आउँदो सोमबार विविध धार्मिक विधि र परम्परा अनुसार जल बोकेर यात्रा गरिने बोलबम परम्परालाई पनि निरन्तरता दिइने छ । सोमबार कोटीहोम मूल मन्दिर केटीयश्वराय र सामुन्य रहेको कनकेश्वर महादेवको प्रतिमा तथा शिवलिङ्गमा जल चढाउने व्यवस्था मिलाइएको धाम समितिले जनाएको छ ।

मेलाको लागि विभिन्न धार्मिक, सामाजिक सङ्घसंस्थाहरूलाई साउने सोमबारका दिन कोटीहवन आएर जल चढाउन समितिले निमन्त्रणा पठाउने काम गर्दै आएको छ । भक्तजनको उपस्थिति अनुसार सुरक्षा प्रदान, समन्वय र मेलामा हुनसक्ने विकृति विसंगतीलाई रोक्न जिल्लास्थित सुरक्षा निकायमा पत्र पठाइएको, सोमबारबाट नै पवित्र मानिएको कनकाई माई नदी किनारमा कनकाई आरती शुरु गर्ने अध्यक्ष थापाले जानकारी दिए । थापाका अनुसार कनकाई आरती अब हरेक सोमबार आयोजना हुुने छ ।

भजन गायक राजु अधिकारी र वाद्यवादक ध्रुव पाठक, दुर्गा ओलीलगायत कलाकारहरूद्वारा कनकाई आरतीमा भजन तथा बाध्यवाधन प्रस्तुत गर्ने बताइएको छ । २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथले कोटीहवन गराएर शुरु भएको धार्मिकस्थल कनकाई धाम कोटीहोम तीन बिगहा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । होटीहवन क्षेत्रमा २४ थर गोत्रीय बन्धुहरूको मन्दिर तथा आश्रमहरू रहेको छ ।

त्यसैगरी कोटीहवन मूल मन्दिरदेखि उत्तरतर्फ लक्ष्मीनारायण मन्दिरको मंगलवार शिलान्यास भएको छ । झापा दमक–६ निवासी हिरण्यकुमार ढुङ्गेल र दुर्गादेवी ढुङ्गेलले उक्त मन्दिर निर्माण गरिदिने भएका हुन । आफ्ना पितृहरूको स्मृतिमा निर्माण गरिने मन्दिर निर्माण लागत खर्च २५ लाख हुने मन्दिर निर्माणकर्ता हिरण्यकुुमारले बताए ।

धामका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा धामका वरिष्ठ उपाध्यक्ष निर्मलकुुमार खतिवडाले स्वगात र महासचिव दीनानाथ खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here