झापाका खुद्रा बिक्रेता नगेन्द्रले पाए एनसेलको बम्पर उपहार

0
19

बिर्तामोड ।

एनसेलले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाका एक जनाले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् ।

खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले एनसेलले सञ्चालन गरेका उपहार योजनाबाट झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले जित्न सफल भएका हुन् ।

कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा विक्रेताहरू लक्षित गरी कार्यक्रम शुरु गरेको थियो । आज (बिहीबार) बिर्तामोडमा एक कार्यक्रमकाबिच कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्रप्रसाद गणेशलाई १२५ सीसीको उक्त मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । त्यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ ईन्च सम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् ।

बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७५४ खुद्रा बिक्रेताहरु मोटरसाइकलका लागि योग्य भए पनि गोला प्रथामार्फत विजेता नगेन्द्र छानिएका हुन् ।

यस कार्यक्रम अन्तर्गत देशभर सातै प्रदेशबाट एक हजार १०० जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन् । कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको थियो ।

खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । कार्यक्रममा बितरक कम्पनी प्रिन्सा एण्ड आवत ट्रेडिङ प्रालि बिर्तामोडका सञ्चालक सुरेन्द्र कटुवाल, सिनीयर सेल्स एक्जीक्यूटिभ प्रबिन गिरी, सिनियर एस्पर्टिष्ट रमेश श्रेष्ठलगायतको उपस्थित थियो । गत पुसदेखि ४ महिनासम्म उपहार योजना सञ्चालन गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here