बालिका बेपत्ता

0
2

अर्जुनधारा ।

अर्जुनधारा नगरपालिका–५ पानीकलक निवासी १३ बर्षीय रोशनी महरा दर्जी गत ३ दिनदेखि बेपत्ता भएकी छिन् ।

बिर्तामोडस्थित एक बिद्यालमा कक्षा ७ मा अध्ययनरत् रोशनी असार ३२ गते बिहान ५ बजे घरबाट हराएकी उननी आमा माया महरा दर्जीले बताइन् ।

एकपटक एक महिलासँग फोनमा कुरा हुँदा दिक्तेलमा रहेको बताएको र त्यही समयदेखि फोन सम्पर्क हुन नसकेको उनका बुबा बिनोद महरा बताए ।

छोरी नाबालिका रहेको र बिबाह गर्ने उमेरसमेत नभएकोले कसैले ललाई फकाई गरी बेपत्ता बनाएको शंकाले बिर्तामोड इलाका प्रहरी कार्यालयमा निवेदन दिएको महराले बताए ।

प्रहरीले खोजी गरिदिउँला भने पनि अहिलेसम्म केही पत्तो नभएको महराले बताए । बिनोद बिगत १० बर्ष देखि दृष्टिबिहीन भई घरमै बसेकोले श्रीमतीले ज्याला मजदुरी गरी घर परिवार चलाइरहेको र आफू कतै खोजी गर्न समेत जान नसक्ने भएकोले प्रहरी प्रशासन, पत्रकार एवम् सम्पूर्णमा छोरी खोजी गरिदिन महराले अनुरोध गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here