जापानमा महामारीपूर्वको तुलनामा पर्यटक आगमनमा वृद्धि

0
9

टोकियो,

जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख बढी विदेशी पर्यटकलाई स्वागत गरेको जनाएको छ ।

जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार दिएको छ भने एक करोड ७७ लाख ८० हजारको नयाँ रेकर्ड कायम गरेको जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार जनाएको छ ।

कमजोर येनले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकले जापानी परम्परागत कपडा किमोनोस, जापानी चक्कुलगायत मूल्यवान खानाबाट मनैदेखि आनन्द लिने गर्छन् ।

जनवरीदेखि जुनको आँकडाले सन् २०१९ को एक करोड ६६ लाख ३० हजारको उच्च स्तरलाई उछिनेको छ, जसका कारण क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीपरिषद् बैठकमा पर्यटकलाई ग्रामिण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुनै स्थानमा पर्यटकको घुइचो लाग्ने र कतै खाली हुने प्रवित्तिविरूद्ध हामीले आगन्तुकहरूलाई ग्रामीण क्षेत्रमा पुग्न प्रोत्साहन गर्नुपर्छ । ती क्षेत्रले पर्यटकलाई परम्परागत जापानी संस्कृति र खानाको स्वाद पस्कन्छ र उनीहरूलाई बृहत् खुशी प्रदान गर्छ ।”

जापानले सन् २०२४ मा तीन करोड ५० लाख विदेशी पर्यटक भित्राउने अपेक्षा गरेको छ र यसका लागि आठ ट्रिलियन येन (५० अर्ब अमेरिकी डलर) पर्यटक खपत हुने अनुमान गरिएको छ ।

महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ को पहिलो छ महिनाको अवधिमा दुई करोड ५० लाख पर्यटक जापान आएका थिए ।

सन् २०३० सम्ममा वार्षिक छ करोड पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य राखिएको छ, जुन सन् २०१९ को तीन करोड १८ लाख ८० हजार पर्यटकभन्दा दोब्बर हो ।

तर केही विदेशी आगन्तुकहरूको अमर्यादित व्यवहार र शिष्टाचार उल्लङ्घनबाट केही बासिन्दाहरू पहिले नै थकित भइसकेका छन् ।

गत मे महिनामा माउन्ट फुजी नजिकैको एउटा सहरमा अधिकारीहरूले फोटो खिच्न नदिन एउटा कन्भिनेन्स स्टोरको छेउमा रहेको लोकप्रिय दृश्य स्थलमा ठूलो अवरोध खडा गरेका थिए ।

ज्वालामुखीको सबैभन्दा लोकप्रिय हाइकिङ ट्रेलमा नयाँ भीड नियन्त्रण उपायहरू राखिएको छ, जसमा अब दुई हजार येन (करिब १३ अमेरिकी डलर) को प्रवेश शुल्क र वैकल्पिक दान समावेश छ ।

हिमेजीका मेयरले आफ्नो किल्लाका लागि प्रसिद्ध पश्चिमी जापानी शहरले पर्यटकलाई विश्व सम्पदा क्षेत्र भ्रमणका लागि स्थानीयभन्दा चार गुणा बढी शुल्क तिर्नुपर्ने बताउनुभयो । यसले विश्वबजारमा कमजोर बनेको येनलाई मजबुत पार्न र विदेशी मुद्रा सञ्चितिमा योगदान गर्नेमा जापानी अधिकारी विश्वस्त देखिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here