आश्रय सुधार केन्द्र गृह मन्त्रालय र समाज कल्याण परिषदमा आवद्ध

0
2

योगेन्द्र योगी
मोरङ,

मोरङको सुन्दरहरैंचा नगरपालिका ३ मा रहेको आश्रय सुधार तथा उपचार केन्द्र बिधिवत रुपमा गृह मन्त्रालय र समाज कल्याण परिषदमा आवद्ध भएको छ।

मन्त्रालय र समाज कल्याण परिषदमा आवद्ध भएपछि आश्रय सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्री लेख्छन ‘हामीले युवा बिकासका निम्ति देख्दै गरेको सपना र दिनरात गर्दै गरेको मेहनतले केही हदसम्म सार्थकता पाएको महसुस गरेका छौ। जसले हामीलाई निरन्तर बिश्वास गरेर साच्चै नै “हामी”बनाउन सहयोग गर्नु भयो। सबैलाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्दछौ।’

सुधार केन्द्रमा लागूऔषध दुर्व्यसनीमा फसेकाहरुलाई नयाँ जीवन दिंदै आएको छ। लागूऔषध दुर्ब्यसनी तथा मादक पदार्थ सेवन गर्दै समाजमा नकरात्मक क्रियाकलापतर्फ लागेका युवाहरूलाई त्यस्ता कुलतबाट टाढा राख्न स्थापना भएको सुधार केन्द्रमा अहिले पनि ७७ जना मानिस रहेको केन्द्रका कार्यक्रम संयोजक खत्रीले बताए।

दुर्व्यसनमा फसेकाहरुलाई केन्द्रले समूह बनाएर काउन्सिलिङ गर्ने, उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने र स्थापना बिभिन्न पद्धतीबाट उपचार गर्दै आएको संयोजक खत्रीले बताए।

सुधार केन्द्र भित्र रहेका लागूऔषध दुर्ब्यवसनीहरूलाई थेरापीको माध्यमबाट उपचार गरिदै आएको केन्द्रले जनाएको छ। लागूऔषधमा फसेकालाई आवश्यक परामर्श दिन सके सामाजमा पुनः स्थापना गर्न सकिने बतादै उनले यस सुधार केन्द्रले पनि धेरै जनालाई बिदाई गरेको र उनीहरुले समाजमा नयाँ पहिचान बनाइसके बताए ।

पछिल्लो समय सुधार केन्द्रले कोशी प्रदेशका बिभिन्न सामुदायिक बिद्यालयहरुमा लागुऔसध दुर्व्यसनी बिरुद्ध सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here