‘आर्थिक मन्दी र निराशालाई चिरेर प्रदेश सरकार अघि बढ्ने’

0
13
विराटनगर,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग व्यापार व्यवसायको क्षेत्रमा देखिएका आर्थिक मन्दी र निराशा चिरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ ।
माहेश्वरी महिला मञ्च विराटनगरद्वारा आज आयोजित श्रावण मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार अब नयाँ परिस्थितिअनुसार अगाडि बढेकाले निराशा र मन्दीलाई कम गर्ने बताउनुभयो ।
उहाँले सङ्घ र प्रदेशमा नयाँ परिस्थितिअनुसार सरकारको स्थायित्व दिनेगरी राजनीति अगाडि बढेकाले अब आम व्यवसायी र नागरिकमा उत्साह आउने विश्वास व्यक्त गर्नुभयो ।
विराटनगर आर्थिक क्षेत्रका लागि महत्वपूर्ण भए पनि क्षमताअनुसार काम गर्न नसकेको र विराटनगरले आर्थिक क्षेत्रलाई अगाडि बढाउनुपर्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।
सामाजिक सोच र चिन्तनले महिलालाई पछाडि पारिएको चर्चा गर्दै महिलालाई अवसर दिएमा पुरुषभन्दा राम्रो काम गर्न सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुुभयो, “समाजमा महिलाले गरेका काम उदाहरणीय छन् । त्यसमा पनि माहेश्वरी महिलाले समाज परिवर्तन र व्यवसायिक क्षेत्रमा राम्रो काम गरेको छ ।”
मञ्चकी अध्यक्ष ललिता जाजुले महिलालाई आत्मनिर्भर बनाउन र समाज सेवामा लाग्न संस्थाले प्रेरणा दिने गरेको बताउनुभयो । उहाँले व्यवसायिक क्षेत्रमा महिलाले उदाहरणीय काम गरेको जानकारी दिनुभयो ।
  दुई दिनसम्म सञ्चालन हुने मेलामा विभिन्न स्टल राखिएका छन् । स्टलमा गरगहनादेखि कपडा एवं सजावटका सामग्री रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here